मोरङ: माओबादी केन्द्रको श्रावन मसान्त सम्म देशैभरी वडा कमिटी गठन गरिसक्ने निर्देशन अनुसार रंगेली नगरले वडा कमिटी निर्माण गर्ने क्रममा शनिबार वडा न. ९ को वडा कमिटी र वाइसीएल गठन कार्य सम्पन्न गरेको छ ।

रंगेली नगर उपमेयर केशब कुमारी खरालको प्रमुख आतिथ्यमा सम्पन्न वडा भेलाले बाबु मरन्डीको अधक्ष्यतामा नारायण मिश्र सचिब रहेको ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ । यो कमिटीको उपाधक्ष्यमा हरी प्र. रेग्मी र कोषाधक्ष्यमा आशा ऋषिदेब रहेको जानकारी सचिव नारायण मिश्रले दिए ।

यस्तै लबकुश झांगर अधक्ष्य तथा सन्जय राजबंशी सचिब रहेको १५ सदस्य वाइसीएल समेत गठन गरेको सचिब मिश्रले बताए ।



