काठमाडौँ: पठाओ कार लाइट (ट्याक्सी) को दोश्रो एनिभर्सरीका दिन आज पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।
दिउँसो २ बजे देखि दुई बजेर २ मिनेट सम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले नि:शुल्क ट्याक्सी चड्न पाउने पठाओले जानकारी दिएको छ ।
पछिल्लो समय काठमाडौंमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ ।
८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रूपमा सेवा प्रदान गरिरहेको बताइएको छ ।
कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गरी पठाओ ट्याक्सीमा चालक र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।

