प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सरकार गठन गरेको एक महिना बित्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मात्रै मन्त्री छन्। बैठक आज दिउँसो ३ बजे बालुवाटारमा म बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
बैठक नियमित भएकाले कोरोना महामारी रोकथाम र सरकारका कामकारबाही मात्रै एजेण्डा रहेको बताइएको छ। सरकारका न्यूनतम साझा कार्यक्रम आएपछि मन्त्रिमण्डल विस्तारको काम अघि बढ्ने नेताहरुले बताएका छन् ।
सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा मिल्न नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो। आइतबार सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको थियो।

