एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन्। प्रमुख विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका हुन्। दिउँसाे एक बजे बैठक बस्दै छ।
प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन्। दाेस्राे पटक संसद पुन:स्थापना भएपछि ओली प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिँदा विपक्षमा भाेट हाल्न संसदमा उपस्थित भएका थिए। त्यसपछि बसेका बैठकमा ओली उपस्थित भएनन्।
संसदले प्रधानमन्त्रीलाई बधाई दिने बैठकमा पनि उनी उपस्थित भएका थिएनन्। देउवालाई बधाई दिन ओलीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका थिए।
यस्तै आजकाे बैठकमा अर्थमन्त्री जनार्दन शर्माले स्वेत पत्र प्रस्तुत गर्ने भएका छन्। मुलुककाे वर्तमान अर्थतन्त्रका बारे देश र जनतालाई जानकारी दिन अर्थमन्त्रीले समय माग गरेका हुन्।

