विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाएर मात्रै परीक्षा लिन माग गर्दै विद्यार्थीले काठमाडौंको पद्मकन्या क्याम्पसमा प्रदर्शन गरेका छन्।
परीक्षा दिन गएका विद्यार्थीले मंगलबार बिहान क्याम्पसको गेटबाहिर प्रदर्शन गरेका हुन्। आज बिबिए, बिआइएमलगायत स्नातक तहका छैटौं सेमेस्टरका विद्यार्थीको परीक्षा छ।
उनीहरूले ‘नो भ्याक्सिन नो एक्जाम’ भन्दै प्रदर्शन गरेका छन्। प्रहरीले प्रदर्शन गरेकाहरूलाई हटाएको छ। विद्यार्थीले भौतिक उपस्थितिमा परीक्षा गर्दा कोरोना सर्ने जोखिम भएकोले परीक्षा सार्न माग गरिरहेका छन्। तर त्रिविले भदौ ५ सम्मका परीक्षा नसर्ने बताइसकेको छ।
