काठमाडौं, असार १७, २०८२ (July 1st, 2025) — काठमाडौंको शंखपार्कमा आज एकदिने बाल तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा बृहत रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम ईशान महिला तथा बाल अस्पताल र ग्राण्डी अस्पतालको प्राविधिक सहयोगमा, लायन्स क्लब अफ टेम्पल गणेश, काठमाडौंको आयोजनामा तथा लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट 325-I को समन्वयमा सम्पन्न भएको हो।
उपस्थित विशिष्ट व्यक्तित्वहरू:
कार्यक्रमको प्रमुख अतिथि डिस्ट्रीक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे रहनुभएको थियो। साथै, ब्लड डोनेशन विभागका चिफ लायन पंकज जलान, डिस्ट्रीक्ट एडमिनिस्ट्रेटर लायन बिना थापा, तथा कान्ति बाल अस्पतालका पूर्व सभापति डा. बाबुराम गौतम लगायत लायन्सका वरिष्ठ पदाधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो।
डिस्ट्रीक्ट, एरिया, डिपार्टमेन्ट तथा जोनस्तरका अन्य पदाधिकारीहरू — लायन अनिता थापा बिष्ट, लायन शान्ति केसी जोशी, लायन कमला गुरुङ प्रधान, लायन अप्सरा आचार्य, लायन सोनु लामा, लायन सुमन खरेल शर्मा लगायतको सक्रिय सहभागिता रहेको थियो।
स्वास्थ्य सेवा र रक्तदानमा उल्लेखनीय सहभागिता
ईशान अस्पतालका विशेषज्ञ चिकित्सकहरू तथा ग्राण्डी अस्पतालका स्वास्थ्यकर्मीहरूबाट बाल तथा स्त्री स्वास्थ्य परीक्षण गरिएको थियो। साथै, “रक्तदान जीवनदान” भन्ने नारासहितको बृहत रक्तदान कार्यक्रममा थुप्रै स्वयंसेवकहरूले रगत दान गरे।

