आज मिति २०८२ भाद्र २१ गते तारकेश्वर नगरपालिकाको सभाहलमा तारकेश्वर सामुदायिक बिद्यालय समितीको आयोजनामा र तारकेश्वर नगरपालिकाका नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्युको प्रमुख आतिथ्यतामा तथा तारकेश्वर सामुदायिक बिद्यालय समितीका अध्यक्ष श्री कृष्ण ओझाज्युको अध्यक्षतामा लोक नृत्य प्रतियोगिता २०८२ सम्पन्न भयो । नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यु र अभिनेत्री तथा नृत्यकार मिथिला शर्माज्युले उद्घघाटन गर्नु भएको यस प्रतियोगितामा १२ माध्यमिक बिद्यालयका १७ टिमले सहभागीता जनाएका थिए । शिक्षक समूहका ५ टिम र बिद्यार्थी समुहका १२ टिमको छुट्टा छुट्टै प्रस्तिस्पर्धा गराईएको यस प्रतियोगितामा नेपाली चलचित्रकी अभिनेत्री तथा नृत्यकार मिथिला शर्माज्यु र पध्म कन्या क्यापसका नृत्य बिभागका प्रमुख प्रा. प्रकाश तुलाधरज्युले निर्णायकको भुमिका निभाउनु भएको थियो । निकैनै प्रस्तिस्पर्धात्मक रहेको यस प्रतियोगितामा शिक्षक समूह तर्फ फुटुङ मा.वि.ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसरी नै पुरानाे गुहेश्वरी मा.वि. द्वितीय, मनमैजु मा.वि. तृतिय, कालिका शरण मा.वि. र कालीदेवी मा.वि. सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन । विद्यार्थी समूह तर्फ पुरानाे गुहेश्वरी मा.वि.ले प्रथम स्थान ओगट्न सफल भएको छ भने द्वितीय मनमैजु मा.वि., तृतीय कालिकाशरण मा.वि. र सान्त्वना फुटुङ मा.वि. भएका छन । बिजेता टिमहरुलाई नगर प्रमुखज्यु, निर्णायकज्यु, वडा अध्यक्षज्युले प्रमाणपत्र, पदक र शिल्ड दिई सम्मान गर्नुभयो । नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्युले तारकेश्वर नगरपालिकाका सामुदायिक बिद्यालय पढाईमा मात्र अब्बल नभई कला, खेलकुदमा पनि अब्बल रहेको मन्तव्यको क्रममा बताउनुभयो । मन्तब्य कै क्रममा निर्णायक प्रा. प्रकाश तुलाधरले यस खालको सामुदायिक बिद्यालयहरु बिचको नृत्य प्रतियोगिता आयोजना गर्ने स्थानिय तहहरुमा नै तारकेश्वर नगरपालिका पहिलो भएको बताउनु भयो । तारकेश्वर सामुदायिक बिद्यालय समितिका अध्यक्ष कृष्ण ओझाज्युले स्वागत मन्तव्य राख्नुभएको यस कार्यक्रममा वडा अध्यक्षज्युहरु, वडा सदस्यज्युहरु, शिक्षा समितिका सदस्यज्युहरु, शिक्षा अधिकारीज्यु, प्रधानद्य्पकज्युहरु, शिक्षक, कर्मचारी र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । यस समितिका सचिब राजु नेपालज्युले संयोजन गर्नुभएको यस कार्यक्रमको संचालन ECD संयोजक अनामिका आचार्यज्युले गर्नुभएको थियो ।
Previous Articleएभरेस्ट स्कुलमा सकियो अन्तरसाँंस्कृतिक कार्यक्रम भक्तपुर,
Next Article आज भ्रष्टाचारविरुद्ध जेनजीको प्रदर्शन

