काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा माघ १ गतेदेखि लागू हुने गरी गरिएको हो।
सरुवा भएका एसपीहरूले माघ १ गतेदेखि नै सरुवा गरिएको दरबन्दीबाट तलब, भत्ता तथा अन्य सुविधा पाउनेछन्। संगठनात्मक आवश्यकता र प्रशासनिक व्यवस्थापनलाई ध्यानमा राख्दै उक्त सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी संगठनभित्र नियमित सरुवा प्रक्रियाअन्तर्गत गरिएको यो निर्णयले प्रदेश तथा केन्द्रीय इकाइहरूमा जनशक्ति व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
कहाँबाट कसलाई कहाँ खटाईयो ?






