काठमाडौँ । नेपाल प्रहरीका आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले संगठनात्मक आवश्यकताअनुसार डीआईजीहरूको जिम्मेवारी हेरफेर गरिएको बताएको छ।
सरुवा हुने डीआईजीहरूमा अरुण पौडेल, जयराज सापकोटा, दिनेशकुमार आचार्य, दीपक रेग्मी र दिपेन्द्र घर्ती क्षत्री रहेका छन्। यसैगरी अन्य डीआईजीहरूको पनि प्रदेश तथा केन्द्रीय निकायमा सरुवा गरिएको छ। सरुवा हुने अन्य डिआइजीहरूमा भुपेन्द्रबहादुर खत्री, माधवप्रसाद श्रेष्ठ र राजेन्द्रप्रसाद भट्ट रहेका छन् ।
सरुवा विवरणअनुसार डिआइजी पौडेललाई बागमती प्रहरी कार्यालय हेटौडाबाट प्रहरी प्रधान कार्यालय नक्साल, सापकोटालााई प्रहरी प्रधान कार्यालय नक्सालबाट कर्णाली प्रदेेश कार्यालय सुर्खेत, आचार्यलाााई गण्डकी प्रदेेश कार्यालय पोखराबाट प्रहरी तालिमकेन्द्र महाराजगञ्ज, खत्री क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, रेग्मीलााई प्रहरी प्रधान कार्यालयबाट बागमती प्रदेश कार्यालय हेटौंडामा, खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाटबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा, श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सिआइबी लाजिम्पाटमा र भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी प्रधान कार्यालय नक्सालमा खटाइएको हो।
प्रहरी प्रधान कार्यालयले सरुवालाई नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत गरिएको जनाएको छ।


