धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु र एकजना घाइते भएका छन्।
शुक्रबार बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत ढल्केवरस्थित पूर्व चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स ४ प ७९२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो।
दुर्घटनामा परेर स ४ प ७९२६ नम्बरको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिकाको नरहाका ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु । लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ का ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन्। घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
