आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सोमबार सुनुवाइ भइरहेको छ।
न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ भइरहेको हो।
एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गरेका हुन्।
आज आदेश आएसँगै सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ। सरकारको साझा नीति बनाउन गठित कार्यदललाई मन्त्रीहरु छान्ने जिम्मा दिइएको छ। कार्यदलले करिब मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको बताइएको छ।
