प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमाले प्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताएका छन्। सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उनकाे भनाइ छ।
संसदमा सत्तापक्ष र सभामुखले निकास दिनुपर्ने उनको भनाइ छ। बजेट बारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रुपमा ल्याइएको उनले आरोप लगाए। एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरेकाे सूचना सभामुखले नटाँसे सम्म वा मार्ग प्रशस्त नगरेसम्म आफूहरूको अवरोध कायमै रहने उनले बताए।

