नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ। बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजेदेखि बैठक सुरु भएको हो।
एमालेबाट विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा गठन भएपछि पहिलोपटक नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको हो।
बैठकमा एकीकृत समाजवादीका सबैजसो नेताहरु सहभागी भएका छन्। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा सहभागिता र संगठन विस्तारबारे छलफल हुने कार्यसूची छ।

