अमेरिकी फर्मा कम्पनी फाइजरले बनाएको कोरोना भाइरसवरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको जनाइएको छ।
फाइजर र बायोएनटेकले एक विज्ञप्ति जारी गर्दै खोपले उक्त उमेर समूहका बालबालिकाहरुमा पनि पर्याप्त मात्रामा एन्टिबडी उत्पादन गरेको जनाइएको विभिन्न समाचारहरुमा उल्लेख गरिएको छ।
अनुमति पाएमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई समेत खोप लगाउन सकिने छ। कम्पनीले ५ वर्षदेखि ११ वर्षका बालबालिकाहरुमा यो खोप प्रयोग गर्न अनुमति माग गर्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिने तयारी गरेको जनाएको छ।
फाइजरको खोप अहिले विश्वभर १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुमा प्रयोग भइरहेको छ।

