जापानकी १३ वर्षीया खेलाडीले टोकियो ओलम्पिकमा स्वर्ण जित्दै इतिहास रचेकी छिन्। १३ वर्षीया मोमिजी निशियाले महिला स्ट्रिट स्केटबोर्डिङमा सोमबार स्वर्ण जितेर इतिहास बनाएका हुन्।
यो स्पर्धामा ब्राजिलकी रेस्सा लिलले रजत पदक जितिन्। उनी पनि १३ वर्षकै हुन्। कास्य पदक जापानकै १६ वर्षीया फुना नाकायामाले हात पारिन्।
स्केटबोर्डिङमा १३ वर्षकै उमेरमा स्वर्ण जिते पनि मोमिजी ओलम्पिकमा कम उमेरमा स्वर्ण जित्ने खेलाडी भने होइनन्।
पदक जित्ने तीन खेलाडीको औषत उमेर १४ वर्ष १९१ दिन रह्यो। शीर्ष तीन पदक जितेका खेलाडीको
ओलम्पिकमा कम उमेर स्वर्ण जित्ने कीर्तिमान अमेरिकाकी मार्जोरि गेस्ट्रीङ हुन्। उनले १९३६ को बर्लिन औलम्पिकमा १३ वर्ष २६७ दिनको उमेरमा डाइभिङमा स्वर्ण जितेकी थिइन्। यो उमेर मोमिजीको भन्दा ६३ दिन कम हो।
जारी ओलम्पिकमा चीनले अहिलेसम्म ६ स्वर्ण, २ रजत र ५ कास्य गरी १३ पदक जितिसकेको छ।
दोस्रो स्थानको आयोजक जापानले ६ स्वर्ण, १ रजत र १ कास्य गरी कुल ८ पदक हात पारेको छ। अमेरिकाले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदक हात पारेको छ। ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितिसकेका छन्।
सिफारिसकोरोना खोप नलगाएका पाकिस्तानीले देशभित्र जहाज चढ्न नपाउनेबिपीको ऐतिहासिक भिडिओ अन्तर्वार्ताका पाँच उल्लेख्य पाटामहतोनिकट सुमन र ओली सरकारमा मन्त्री बनेका राजकिशोरले गरे उपेन्द्र यादव पक्षमा हस्ताक्षरहाम्रो पक्षमा ३४ जनाले हस्ताक्षर गरे, रेशम चौधरीलाई जेलबाट ल्याइँदैछ: उपेन्द्र यादवजसपाको यादव पक्षमा ३५ कार्यकारिणी सदस्यले हस्ताक्षर गर्ने दाबी, रेशम चौधरी पनि यादव पक्षमै हस्ताक्षर गर्न आउँदैचितवनबाट झन्डै एक किलो कोकिनसहित कारोबारी पक्राउअभिनेत्री प्रियंका कार्कीसँग गर्भावस्थाबारे कुराकानी (भिडिओ)स्कोडा ‘कुशाक’ नेपाली बजारमा, यस्ता छन् विशेषता (भिडिओ)बढ्यो छडको मूल्य, चार कोठे घरमा कति लाग्छ खर्च?कोरोना खोप नलगाएका पाकिस्तानीले देशभित्र जहाज चढ्न नपाउनेबिपीको ऐतिहासिक भिडिओ अन्तर्वार्ताका पाँच उल्लेख्य पाटामहतोनिकट सुमन र ओली सरकारमा मन्त्री बनेका राजकिशोरले गरे उपेन्द्र यादव पक्षमा हस्ताक्षरहाम्रो पक्षमा ३४ जनाले हस्ताक्षर गरे, रेशम चौधरीलाई जेलबाट ल्याइँदैछ: उपेन्द्र यादव

