अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानबीच हालैका घातक आक्रमणपछि बढ्दो तनावका बीच युद्धविरामको सहमति ‘दूरदर्शी’ कदम भएको बताएका छन्।
‘भारत र पाकिस्तानका सरकारहरूले तत्काल युद्धविराम गरी तटस्थ स्थानमा विभिन्न मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति जनाएको घोषणा गर्न पाउँदा म खुसी छु,’ रुबियोले शनिबार सामाजिक सञ्जाल एक्समा युद्धविराम घोषणाको केही मिनेटपछि लेखेका छन्।
रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी शहबाज शरिफको ‘शान्तिको बाटो रोज्ने बुद्धिमत्ता, दूरदर्शिता र नेतृत्व’ को प्रशंसा गरे।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, रुबियोले शनिबार बिहान दुवै देशका विदेशमन्त्रीहरूसँग कुराकानी गरेका थिए। भारत र पाकिस्तान दुवैले युद्धविरामको पुष्टि गरिसकेका छन्।

