नन्दलाल खरेल
त्रिवेणी किनारमा झिलमिल दीप,
गङ्गा–जमुना सरस्वतीको सँग मिलन दीप।
पवित्र प्रयागराज, आस्थाको स्थल,
भक्तमनमा उम्लिन्छ श्रद्धाको लाल।।१।।
श्रीकृष्ण प्रणामी मन्दिरको आँगनमा,
तीर्थालुजन भेला भए एकताको संगममा
आफ्नै हातले बन्यो पुलाउको भोजन,
प्रेम, प्रणाम र भक्ति — सबैको समर्पण।।२।।
धूपको सुगन्ध, मन्त्रको धुन,
मन भयो शान्त, आत्मा भयो सुन।
भक्तिभावले भरियो त्यो रात,
दर्शन, ध्यान र प्रेमको बात।।३।। 
त्रिवेणी जस्तै मिले हृदयहरू यहाँ,
गङ्गा जस्तो शुद्ध, जमुना जस्तो छाया।
भोजन मात्र होइन, भावना थियो त्यो,
प्रयागराजमा अनुभव भयो — मोक्षको त्यो क्षण भयो।।४।।

