मध्यपुर थिमी: बाेडेमा संचालित द्रव्य सहकारीसंग काराेबार गर्दै आएका त्यसै सहकारीका पूर्व संचालक बाबुकृष्ण भासिंकले आफुले सस्थासंग लिएकाे ऋण चुक्ता गरिसकेकाे २ वर्ष वितिसक्दा पनि साेकाे धिताेस्वरुप राखेकाे जग्गा फुकुवा नगरी दु:ख दिएकाे सम्बन्धमा न्यायकाे लागि सम्बन्धित निकायमा याचना गर्दै आएका थिए ।
यसै विषयमा गत श्रावण २५ मा मेधा न्युजका संचारकर्मी विकल गिरीलगायत उक्त साकाेसमा बुझ्न जाँदा अध्यक्ष वीरेन्द्र जयनासहित २०/२५ जनाले अभद्र व्यवहार गरेकाेमा जिल्ला अदालतमा गालीबेईज्जती मुद्दा दायर गरेको जनाइएको छ ।

यस बिषयमा मिडियाले पनि समाचार सम्प्रेषण गर्दै आयाे । याे समुह सुप्रिम एकेडेमी र सुप्रिम ए.फाउण्डेशनसंग सम्बन्धित अंशियारहरु पनि हुन्। जहाँ भासिककाे ६४.५ शेयर लगानी छ। वीरेन्द्र जयना स्कुलका प्रिन्सिपल पनि हुन्। स्कुल उनकै परिवारकाे एकलौटी बनेकाे भासिककाे आराेप छ। अदालतमा मुद्धा परेपछि सहकारीले बाबुकृष्ण भासिकलाई धितो फुकुवाको पत्र काटेको समाचार मेघा न्युजले प्रकाशित गरेको छ ।
यसरी शेयर सदस्यकाे उत्थान र समाजसेवाकाे हेतुले संस्थापित संस्थाका संचालकहरु विपरित कार्यमा लाग्नु कुनैपनि दृष्टिले उचित हाेईन भन्ने स्थानीयकाे पनि भनाइ छ।
उता भक्तपुर अदालतमा भने मुद्दा चलिरहेकाे वादी पत्रकार विकल गिरीले जानकारी दिनुभएको छ।
अर्को तिर हिजो भाद्र १३ गते द्रब्य सहकारीले एक विज्ञप्ती जारी गर्दै उक्त समाचारको खण्डन र आफ्नो बचाउ गरेको छ ।
सहकारीको बिज्ञप्ती

