काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर पूँजी बजारका समस्या समाधान गर्न आग्रह गरेको खरब फैलिएपछि शेयर बजारमा उछाल आएको छ ।
कारोवार रकमले उतिसारो साथ नदिए पनि नेप्से परिसूचक भने एकै दिन १६१ दशमलव ९४ अंकले बढेर २९८०.७९ बिन्दुमा कायम भएको छ ।
शेयर धितो राखेर लिने कर्जाको सीमा अधिकतम १२ करोड कायम गर्ने राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ता रिसाएका छन् ।
सोही कारण केही दिनदेखि बजार निरन्तर घट्ने क्रममा थियो ।
आइतवार एकैदिन १०८.२६ बिन्दूले घटेर नेप्से परिसूचक २८१७.१६ बिन्दूमा कायम भएको थियो ।
सोमवार नेप्से परिसूचकमा उछाल आए पनि कारोवार भने उत्साहजनक छैन ।
यसअघि २० अर्ब नाघेर कीर्तिमान बनाएको शेयर बजार सोमवार १० अर्ब छुन पनि सकेन ।
कारोबार ९ अर्ब ८२ करोडमा खुम्चिएको छ ।

