काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा उपसभापति विमलेन्द्र निधि समूहमा खुल्ने संकेत गरेका छन्।
निधि र उनकी पत्नी अनामिकाले आफ्नै निवासमा चौरचनमा (गणेशको जन्मदिन) गरेको पूजामा उपस्थित शर्माले पनि सँगै पूजा गरेका छन्।
उक्त तस्बिर निधि पत्नी अनामिकाले सामाजिक सञ्जाल फेसबुकमा चौरचनको हार्दिक शुभकामना भनेर पोस्ट गरेकी छन्।
शर्माले १४औं महाधिवेशनमा आफ्नो सभापतिको उम्मेदवार को हो खुलाइसकेका छैनन्। पछिल्ला दिनमा सभापति शेरबहादुर देउवासँग शर्माको दूरी बढ्दै गएको बताइन्छ ।
प्रचार समितिको कामका विषयमा देउवानिकट नेताले शर्माविरुद्ध गलत कुरा सुनाउने गरेको र प्रधानमन्त्रीको प्रेस सल्लाहकार राख्नेसहितका विषयले सम्बन्ध थप चिसिएको निकटहरुकै दाबी छ।
