काठमाडौं: सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘Century Remit Premium Account’ को शुभारम्भ गरेको छ ।
रु.१,०००/- न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । यस खातामा अन्य बचत खातामा भन्दा १% बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निशुल्क उपलब्ध गराउने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
उक्त खातामा लकर सेवा, ATM र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।
रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्तगर्न इच्छुक ग्राहक वर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘Century Remit Premium Account’ खोल्ने सुबिधा लिन सक्ने जनाएको छ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्ने छ ।
बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अन्यजानकारीकालागि बैकको वेबसाइट www.centurybank.com.np वा बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

