काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा (एमाले)ले बहिस्कार गर्ने भएको छ ।
एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् ।
त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क-कसलाई बोलाइएको छ भनेर चासो राखेका थिए । सभामुखले संसदमा भएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको जानकारी दिए ।
माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा एमाले नआउने जनाइएको छ । ‘एमाले र उहाँको विवाद हो, दुनियाँलाई बोलाएर के निकास निस्कछ र ?’ उनले सभामुखलाई भनेका छन् ।
एमालेले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।
