काठमाडौं: लुम्बिनी प्रदेशका सांसद बिमला खत्री ओलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बुटवल प्रहरीमा मुद्दा हालेकी हुन् ।
सांसद बिमलाले मुख्यमन्त्री पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेको र बुटवल पुर्याएर बन्धक बनाएर राखेको उल्लेख गरेकी छिन्।
मुख्यमन्त्री पोखरेलसंगै एमाले लुम्बिनी प्रदेश प्रमुख सचेतक मुमिश्वर ढकाल, पोख्रेलका नीजि सचिवालएका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध मुद्दा दर्ता गरेकी हुन्।
प्रदेश प्रमुखले प्रदेशको विशेष अधिवेशन आह्वान गरेपछि सांसद बिमला केहि दिन बेपत्ता भएकी थिईन्। बेपत्ता भएको केहि दिनपछि सार्वजनिक भएकी उनले आफूलाई अपहरण गरि बन्धक बनाएर राखेको सार्वजनिक गरेकी थिईन्।
पोखरेल अल्पमतमा पर्ने निश्चित भएपछि पोखरेलले सांसद बिमलालाई मुख्यमन्त्री कार्यालयमै बन्धक बनाएर राखेको आरोप लागेको थियो। त्यो बेला सांसद बिमला मुख्यमन्त्री कार्यालयबाट भाग्न सफल भएको बताएकी थिईन्।
संसदमा तत्कालीन मुख्यमन्त्री पोखरेलले बिश्वासको मत लिनु पूर्व सांसद बिमलालाई दाङबाट अपहरण गरिएको भनिएको थियो।
नेपालगन्जस्थित माईती घरमा पुर्याईदिने भन्दै गाडीमा राखेको र सिधै बुटवल पुर्याएको आरोप सांसद खत्रीको छ।
सांसद खत्रीले दिएको उजुरी अनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित चारजनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने छ।
