पछिल्लो २४ थप एक हजार चार सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार दुई सय ५१ र एन्टिजेन परीक्षणमा दुई सय २७ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा ११ हजार ६७ जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर २१ हजार एक सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार एक हजार ६ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार सय ५९ पुगेको छ । यस्तै १० वर्ष मुनिका ३८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

