प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययनरत ५१ जना छात्रालाई साइकल वितरण गरिएको हो। प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा नगरपालिकाकी उपप्रमुख लीला कुमारी मोक्तानको विशिष्ठ आतिथ्यतामा छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानकुमार महतोले जानकारी दिए।
विद्यालय आउन जानका लागि साइकल पाएपछि छात्राहरू खुसी भएका छन्। प्रदेश सरकारले छोरीहरुलाई शिक्षाप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेशभर सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा यसरी कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गर्नेक्रम चलिरहेको छ।
