-वरीष्ठ संचारकर्मी प्रवीण जोशी
काठमाडौं: मुलुकको पुरानो र ऐतिहासिक पार्टी नेपाली काङ्ग्रेस हो । आफुहरु प्रजातन्त्रको लागि मशिहा ठान्ने नेपाली काङ्ग्रेसको आगामी भदौमा १४ औं महाअधिबेशन हुने भएको छ ।
पटक पटक स्थगित हुँदै तिथिमिती सर्दै आएको महाअधिबेशनको मिति अब सार्न सकिने सम्भावना रहन्न । रास्ट्रीय राजनीति अन्योल र बिबादास्पद छ । कोरोना महामारीको संकट एकातिर छ । संसद बिघठनले मुलुक असम्बैधानिक बाटोमा गएको र सत्ता पक्षको स्वेच्छाचारिताले सम्बिधानको रक्षा र प्राप्त गणतन्त्रात्मक लोकतन्त्रमाथी खतरा उत्पन्न भएको अबस्था छ । यस संगीन अबस्थामा काङ्ग्रेसको महाअधिबेशन कसरी सम्पन्न गर्ने चुनौती पनि छ ।
यसैवीच महाअधिबेशन एउटा पार्टीको जीवनमा ठूलो महायज्ञ हो । यो महायज्ञको भट्टीमा को को खारिने हुन् । को कस्ले कसरी नेतृत्व छान्ने छन् । सही नेतृत्वले स्थान पाउने हो वा होइन । अहिलेको ज्वलन्त प्रश्न हो ।
महानायक बी.पी. कोइराला, सर्बोच्च कमान्डर गणेशमान सिं, त्यागी सन्त नेता कृष्ण प्रसाद भट्टराई लगायतको महान योगदान र धेरै देशभक्तहरुको वलिदान रहेको काङ्ग्रेस अहिले सङ्गठनात्मक र सवल नेतृत्वको दृस्टीले बिरासत थाम्न नसक्ने भएको छ । स्वार्थमा आधारित गुटहरु बिध्यमान छन् । केन्द्रिय सभापती शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ता र रामचन्द्र पक्षीय काङ्ग्रेसी जनवीच ठूलो खाडल रहदै आएको छ । काङ्ग्रेसलाई बी.पी. ले बनाउदै गएको राजमार्गलाइ पछयाउन नसकेको आरोप पनि छ ।
महाअधिबेशनको सङ्घारमा पार्टीमा अहिले सभापती पदमा दर्जनौ नेताहरु प्रत्यासी बन्ने होडमा छन् । १३ औं महाधिबेशनमा पराजीत नेता रामचन्द्र पौडेल त्यसैपनी सभापती देवालाइ मनपरी गर्दै आएको आरोप लगाउदै आएका छन् । यो पटकको सभापतीको उम्मेद्वार बनी बिजयी हुने सुरमा पौडेल छन् । उपसभापती बिमलेन्द्र निधि पनि सभापतिको उम्मेद्वार बन्न प्रचार अभियानमा लागि सकेका छन् । पुर्ब महामन्त्री प्रकाशमान सिं र बर्तमान महामन्त्री बी.पी. पुत्र शसांक कोइरालाले पनि सभापती बन्ने अभियान थाल्नु भएको छ ।
अर्कोतिर कृष्ण सिटौला र गिरीजा पुत्री सुजाता कोइराला पनि अब काङ्ग्रेस हाक्ने पालो हाम्रो भन्न थालेका छन् । महामन्त्री शसांक कोइराला भने प्रकाशमान सिं र बिमलेन्द्र तथा आफ्ना दाजु शेखर कोईरालालाई कुरा गरेर आफैं सभापतिमा होमिने दाउमा छन् । इतर पक्ष एक हुन नसकेमा सभापती जित्न नसकिने देखिएको सन्दर्भमा पार्टी कसले हाक्ने सवाल नै प्रमुख चर्चाको बिषय बनेको छ ।

