-नन्दलाल खरेल
किन गर्छौ तिमी आत्महत्या
बाटा अनेक छन् यहाँ
धोका पाई गरेउ आत्महत्या
जीतेउ तिमीले के यहाँ
थाहाँ पाउ कायरहरुले गर्छन आत्महत्या
मानव जीवन छ अमूल्य यहाँ
जीवन सकस भई नगर आत्महत्या
वरु मर विद्रोह गरेर यहाँ
नाम अमर रहँदैन गरेर आत्महत्या
वरु गर उपकार अरुको यहाँ
आँसु कसैको झर्दैन आत्महत्यामा
आँखा खोलेर हेर सबैतिर यहाँ
जती चोट पाएपनि नगर आत्महत्या
अमृतरुपी जीवन, पाउँदैन वारम्वार यहाँ
सिकाउ तिमीले सबैलाई नगर आत्महत्या
वचाउ तिमीले अरुको पनि जीवन यहाँ
दिनदिनै समाचार वन्नेछन आत्महत्याका
गर सरकार समाधान छिट्टै यहाँ
वाध्य नबनाउ कसैलाई गर्न आत्महत्या
निर्माण गरौं विभेद रहित समाज यहाँ

