नन्दलाल खरेल
म धनी छु तर मलाई अत्यन्तै पीडा छ
गरीबलाई चिथोमीचो गरी कमाएकोमा ग्लानी छ
म धनी छु तर सधैं डर र चिन्ता छ
जीवनको अन्तिम क्षण प्रति अत्यन्तै भय छ
म धनी छु तर मेरो स्वास्थ्य खराब छ
मनले मागेको खानेकुरा खान बञ्चित छ
म धनी छु तर आज परिवारबाट अलग छु
रातमा नीद र दिनमा चैनबाट बेचैन छु
म धनी छु तर धन मेरो लागि बेकार छ
परिवारका सबै सदस्य कुलतमा फसेको छ
म धनी छु तर मेरा बाँझा जमिन उजाड छ
बाँझा जमिन उजाड भएकोमा दुःख छ
म धनी छु तर म मनको गरिब छु
मेरो सम्पत्ति कसले खाला अत्यन्त चिन्तित छु
म धनी छुु तर आज म कोभिडको बिरामी छु
अस्पतालको कुनामा अतित सम्झि एक्लै बसेको छु
म धनी छु मेरो धन टुलुटुलु टोलाएको छ
सम्पत्तिको मालिकको अवस्था देखेर मुस्कुराएको छ

