काठमाडौं । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जान लागेका छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु गौरीशंकर चौधरी, प्रभु साह र मणि थापा आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन् ।
लेखराज भट्ट भने विरामी भएका जान नसक्ने पूर्व माओवादी नेता मणि थापाले बताए । अधिवक्ता सरोज बुढाथोकीले बुधबार आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए ।
आयोगले के गर्दै छ भनेर बुझ्न निर्वाचन आयोग जान लागेका छौं । पूर्व माओवादी नेता गौरीशंकर चौधरी, प्रभु साह, टोपबहादुर रायमाझी र लेखराज भट्ट माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
उनीहरु दल परिवर्तन गरि नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारवाही गरेको थियो । माओवादीबाट कारवाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो । उनीहरुले आफूमाथि गरिएको कारवाही अवैधानिक रहेको मात्र नभई माओवादी केन्द्र नै अवैधानिक रहेको दावी अधिवक्ता बुढाथोकीका नामबाट दर्ता भएको निवेदनमार्फत गरेका थिए ।

