काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई बैंकिङ्ग क्षेत्रको योगदान बढ्नुपर्ने बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बैंक भित्रका कुरा बैंक भित्रै समाधान गर्न समेत व्यवस्थापन निर्देशन दिएका हुन् ।
उनले बैंकले उद्देश्य प्राप्तिका लागि ध्यान दिनुपर्ने भन्दै राष्ट्र बैंकले नियामकको रूपमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने पनि बताएका छन् । उनले बैंकको नीतिभन्दा फरक काम कुनै बैंकले गरेको जानकारी हुँदा केन्द्रीय बैंकमा जाने हो भने समस्या समाधान गर्ने बताएका छन्
हाल बाह्य क्षेत्रको अवस्थामा लगानीको लागि पर्ख र हेर गर्नुपर्ने अवस्था छैन,’ उनले थपे । यस्तै उनले नेपाल बैंकमा कार्यरत कर्मचारी दक्ष भएको भन्दै प्रशंसा समेत गरे । ‘बैंकका कर्मचारी दक्ष छन् । व्यवसायीक छन् । जनशक्ति बैंकले चाहेजस्ता छन्,’ उनले भने ।
यद्यपी, पछिल्लो समय सबैजसो क्षेत्रमा मापदण्डभन्दा माथि पुगेर लगानी गरिरहेको उनको भनाई छ । ‘कोल्याट«ललाई मात्रै जोड दिएको भाष्य उत्पन्न भए तापनि त्यसो भएको छैन,’ उनले भने, ‘हाल कृषि, हाइड्रोपावरमा हाम्रो लगानी बढि छ । हामीले त्यसै ऋण दिएका छैनौं धितो राखेर लोन दिएका छौ ।’

