काठमाडौं: कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि इटहरी उपमहानगरपालिका कार्यालय र वडा कार्यालयहरुको सेवा आजदेखी लागु हुने गरी एक साताका लागि बन्द गरिएको छ ।
उपमहानगर कार्यालय तथा वडा कार्यालयहरुमाकार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र केही कर्मचारीहरुलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एक सातालाई सेवा बन्द गरिएको हो ।
यो अवधिमा अस्पताल तथा स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, सरसफाई तथा फोहोरमैला व्यवस्थापन सेवा, दमकल सेवा, भेटनरी सेवा मात्र उपलब्ध हुने इटहरीका प्रमुख प्रशासकीयअधिकृत सूर्यप्रसाद सुवेदीले विज्ञप्ती मार्फत जानकारी दिनु भएको छ ।
