काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आइतबार सामान्य अंकको बृद्धि आएको छ ।
नेप्से ६ अंकले बढेर तीन हजार ८६ विन्दुमा पुगेको छ भने करिब चार अर्बको कारोबार भएको छ ।
नेप्सेका अनुसार जीवन विकास लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस अवधिमा यस लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ८८ पुगेको हो ।

