काठमाडौं: सरकारले अर्थ सचिवमा मुधकुमार मरासिनीलाई ल्याएको छ ।
गएको विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो ।
अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।
अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकार गोविन्द रोकाका अनुसार गएको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ सचिवमा नियुक्त गरेको हो ।
यसअघि, मरासिनी महालेखा नियन्त्रक थिए ।

