काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रचण्ड नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्र पुग्नुभएको हो ।
शुक्रबार पनि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो ।
शुक्रबार प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
शनिबार प्रचण्डले प्रधामन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालई भेट्नु भएको थियो ।
उक्त भेटवार्तामा माधव पक्षलाई सरकारमा सहभागी गराउने समझदारी बनेको बताइएको छ ।

