काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सामाजिक सञ्जालमार्फत सबैलाई रामनवमीको शुभकामना व्यक्त गरेका छन् । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।
“त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपारायणको आदर्श चरित्र मान्दै आएको छ”, प्रधानमन्त्रीले शुभकामनामा भनेका छन्, “प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिन्थ्यो । लोकप्रियता भन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन् ।”

