लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यही २०८१ चैत्र ३० गते शनिवार वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई सम्मान गरी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
वि.सं. २०१४ सालमा मदन पुरस्कार विजेता प्रसिद्ध उपन्यासकार तथा कवि लीलाध्वज थापाको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले नेपाली भाषा साहित्यको क्षेत्रमा कवितासङ्ग्र्ह, खण्डकाव्य, महाकाव्य, बालकवितासङ्ग्रह, समीक्षासङ्ग्रह, गजलसङ्ग्रह आदि डेढ दर्जनभन्दा बढीको रचना गरेर नेपाली साहित्यमा ठूलो योगदान पुर्याउनु भएकोले सोको मूल्याङ्कन गर्दै रु. १०,००० (दश हजार) पुरस्कारको राशीसहित “लीलाध्वज थापा स्रष्टा सम्मान २०८१” प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाबाट जानकारी हुन आएको छ । प्रतिष्ठानले हालसम्म उनासी जना स्रष्टालाई स्रष्टा–सम्मान प्रदान गरिसकेको छ ।
यस सम्मान कार्यक्रममा विभिन्न स्रष्टाहरूबाट आ–आफ्नो रचना वाचनसमेत हुने जानकारी हुन आएको छ । हालको सम्मान पुरस्कार प्रदान तथा रचना वाचन कार्यक्रम अपराह्न १२.३० बजे बाल नमुना विद्यालय बालुवाटारमा गरिनेसमेत जानकारी हुन आएको छ ।

