काठमाडौँ: साउन २८ गतेदेखि उपत्यकामा राति ८ बजेसम्म मात्रै सवारीसाधन गुड्न पाउने भएका छन्।
यो नियम सार्वजनिक र निजी सवारी साधनलाई दुवैलाई लागू हुने प्रशासनले बताएको छ।
कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले यस्तो आदेश जारी गरेको हो।
अत्यावश्यक सवारी साधन भने चलाउन पाइने छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ८ बजे अगावै उपत्यकावासी आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने बताएको छ।
कोरोना संक्रमण बढ्न थालेपछि कडाई गर्न लागिएको र सार्वजनिक ठाउँमा भीडभाड गर्न र ८ बजेपछि सवारीसाधन ओहोरदोहोर निषेध गर्ने निर्णय भएको बताइएको छ ।
