काठमाडौं । हालै अखिल नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता भई गठन गरिएको नेपाल कम्युनिस्ट पार्टीले “क्रान्तिकारी कम्युनिस्ट एकता : आजको राष्ट्रिय आवश्यकता !!” शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी २०८२ असोज ४ गते, काठमाडौंको संवाद डबलीमा सम्पन्न हुने नेकपाका सचिवालय सद्स्य एवं प्रकाशन तथा प्रचार-प्रसार बिभागका नेता का. का.मुकुन्द आचार्यले बताउनु भएको छ। उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु, अग्रज क्रान्तिकारीहरू, विभिन्न कम्युनिस्ट समूह,पार्टी सामाजिक क्षेत्रका प्रतिनिधि तथा युवा–विद्यार्थी कार्यकर्ताहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
पार्टी स्रोतका अनुसार अन्तरक्रिया कार्यक्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनभित्रको विखण्डनको अन्त्य र आगामी एकीकृत क्रान्तिकारी यात्राबारे गहन छलफल गरिनेछ।
नेपाल कम्युनिस्ट पार्टीका अनुसार यो कार्यक्रमले “क्रान्तिकारी कम्युनिस्ट एकता” लाई जनस्तरमा पुर्याउने,क्रान्तिकारी कम्युनिस्टहरुकावीच एकीकरण र ध्रुवीकरणलाई आजको आवश्यकताको रूपमा प्रस्तुत गर्ने र राष्ट्रिय हितमा सामूहिक संघर्षको बाटो तय गर्ने दिशामा महत्वपूर्ण कदम हुनेछ।

