काठमाडौ: डोटीमा एकजना पुरूषको कोरोनाविरूद्धको दोस्रो मात्रा खोप लगाएको केही समयमै मृत्यु भएको छ । शिखर नगरपालिका -२ घगडाका ५८ वर्षीय लाल बहादुर बोगटीको मृत्यु भएको हो ।
गाउँनजिकै रहेको खोप केन्द्रमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएर घर गएको केही समयमै बोगटीको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुखले जनकारी दिएको छन् ।
बिहान साढे आठ बजे उनले खोप लगाएको उनको मृत्यु सवा एघार बजे भएको बताइएको छ ।
खोप लगाएर घरमा गई खाना खाएर कोठामा आराम गरिरहेको समयमा उनको मृत्यु भएको हो । उनको मृत्य खोपका कारण नभएर अन्य कारणले भएको हुनसक्ने जानकारी दिइएको छ ।
उनी दिर्घरोगी भएको र उनको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताइएको छ ।
