भक्तपुर: साेमबार यहाँकाे न्यातापाेल फुडल्याण्डमा एक जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भयाे ।
बागमति प्रदेश संसद तथा प्रमुख अतिथि राजेन्द्रमान श्रेष्ठले उक्त अवसरमा विगतका ईतिहासकाे समीक्षा गर्नुहुँदै एमालेलाई दक्षिणपन्थी भासमा पुर्याइ के.पी.ओलीले पार्टी कब्जा जमाएकाेले नेकपा(एकीकृत समाजबादी) गठन गर्नुपरेकाे बताउनु भयाे।
समानान्तर कमिटीका उपाध्यक्ष पुरुषाेत्तम लामिछानेकाे सभापतित्व रहेकाे कार्यक्रममा अर्का उपाध्यक्ष प्रेमानन्द श्रेष्ठ,भगवती खड्का,महेन्द्रगाेपाल कर्माचार्य र रामप्रसाद न्यौपानेलगायतले नयाँपार्टीकाे ओेैचित्यमाथि चर्चा गर्नुभयाे ।
भेलामा भक्तपुर जिल्लाका ४वटै नगरपालिकाका अगुवा कार्यकर्ताहरुकाे सहभागिता थियाे ।
भेलामा एमालेमा रहँदा जिल्ला संगठन विभाग प्रमुख र केन्द्रीय निर्वाचन विभाग सदस्य रहि याेगदान पुय्राउनुहुने ध्रुवराज विष्ट, राजनैतिक तथा शैक्षिक क्षेत्रका चिरपरिचित व्यक्तित्व त्रिरत्न शाक्य, जनजाति अधिकारकर्मी माईलाबाबु द्याेला र लब्धप्रतिष्ठित डा.वालचन्द्र मिश्रलगायत ७ दर्जन नेताकार्यकर्ताहरु रहनु भएको थियो।

