काठमाण्डौ — लगातार दुई दिन बढेको सुनको मूल्य सोमबार स्थिर रह्यो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ३९ हजार ७०० रुपैयाँ कायम गरिएको छ, जुन आइतबारकै मूल्य हो।
तर, चाँदीको मूल्य भने सोमबार पनि पुनः उक्लिएको छ। आइतबारको तुलनामा पाँच रुपैयाँले बढ्दै चाँदी सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।

