काठमाडौं: गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न माग गर्दै नेपाल गाँजा वैधानिक महाअभियानले प्रदर्शन गरेको छ ।
अभियानको आयोजनामा मंगलबार माइतीघर मण्डलामा युवाहरुले गाँजा खेती र औषधिजन्य प्रयोजनका लागि गाँजाको प्रयोगलाई वैधता प्रदान गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
गाँजा वैधता अभियन्ता राजीव काफ्लेलाई तत्काल रिहा गर्न उनीहरुको माग छ ।
प्रदर्शनकारीहरुले ‘एमसिसी खारेज गर, गाँजा खेती गर’ सहितका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
उनीहरुले गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ तत्काल संघीय संसदमा पेश गर्न माग गरेका छन् ।
