काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।
नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमै नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यस यता नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । बिहीबारको पछिल्लो खेलमा ओमानले अमेरिकालाई ४ विकेटले हरायो ।
सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार जित हात पार्ने लक्ष्यमा छ ।
सन् २०2० मा नेपालमै भएको लिग २ मै नेपालले अमेरिकालाई २ खेलमा पराजित गरेको थियो ।
त्यसैले नेपाल लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ ।

