काठमाडौं: सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याईंदैछ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ ।
सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।
खोप लिनका लागि गएराति ११ बजे वाइडबडी विमान चीनतर्फ गइसकेको र आज दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने बताइएको छ ।
नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ ।
सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

