पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २४५, भक्तपुरमा ५२ र ललितपुरमा १०७ जना संक्रमित थपिएका हुन्।
बिहीबार १ हजार ३२४ कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २० हजार ७४३ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ११ हजार ६२९ पीसीआर तथा ३ हजार ६१४ एन्टिजेन परीक्षण भएको छ।

