अमेरिकाका तत्कालीन राष्ट्रपति रोनल्ड रेगनमाथि गोली प्रहार गर्ने जोन हिन्क्ली जुनियर बिना शर्त रिहा हुने भएका छन् । हिन्क्ली जुनियरले सन् १९८१ मा राष्ट्रपति रेगनको हत्या प्रयास गरेका थिए । उनले वासिङ्गटन डिसी बाहिर रेगनसहित अरु तीनजनामाथि गोली प्रहार गरेका थिए ।
हाल ६६ वर्ष भएका हिन्क्लीलाई ‘अनकन्डिसनल’ रिहाई संघीय न्यायाधीशले स्वीकृत गरेको अमेरिकी सञ्चारमाध्यम एनपिआरले जनाएको छ । हिन्क्ली आउँदो जुनमा रिहा हुने छन् ।
हिन्क्लीको रिहाई निकै ठूलो घटना रहेको र उनीबाट कुनै पनि सम्भावित जोखिमको प्रमाण नरहेको उनका वकिल ब्यारी डब्लुएम. लेविनले बताएका छन् ।
न्याय विभाग अनकन्डिसनल रिहाईका लागि राजी भए पनि अबको नौ महिना अनुमगन गर्ने तय भएको हो। झण्डै ४० वर्षपछि हिन्क्ली आफ्नो सबै व्यवस्था गरेर एक्लै बस्ने तयारीमा रहेको र उनका प्रमुख चिकित्सक पनि अवकासको तयारीमा भएकाले यो परिवेशमा उनी कसरी आफ्नो व्यवस्थापन गर्न सक्छन् भन्ने चासो न्याय विभागको छ ।
सन् १९८२ मा जुरीले हिन्क्सीलाई दोषी ठहर गरेको थिएन र यसको कारण उनको मानसिक स्वास्थ्य थियो । त्यसपछि उनी तीद दशक भन्दा बढी वासिङ्गटनको सेन्ट एलिजाबेथ हस्पिटलको निगरानी रहे ।
सन् २००३ देखि हिन्क्लीमाथिको प्रतिबन्ध बिस्तारै कम गर्न थालिएको थियो । पाँच वर्ष पहिले उनले समुदायमा बस्न स्वीकृति पाएका थिए ।

