काठमाडौं: मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक एक दशमलव ८१ अंकले घटेको छ।
नेप्से सोमबार ७३ दशमलव ०५ अंक घटेर दुई हजार छ सय ८५ दशमलव ४१ विन्दुमा बन्द भएको थियो।
यसदिन सो सेसनमा एक दशमलव ८१ अंक घटेर दई हजार छ सय ८३ दशमलव ६० को विन्दुमा पुगेको छ ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने शून्य दशमलव १५ अंक बढेको छ।
यसदिन प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार हुँदा चार कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ।
बाँकी तीन कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

