२३ असाेज, काठमाडौं । चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन पहिलो पटक इपिएल च्याम्पियन बनेको हो।
पोखराले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले ६ विकेटको क्षतिमा १५.५ ओभरमा पूरा गर्यो।
चितवनलाई च्याम्पियन बनाउने क्रममा भीम सार्कीले अर्धशतक प्रहार गरे। ६३ रन जोडेका उनले ४५ बल खेलेर ७ चौका र २ छक्का हिर्काए।
चितवनका ओपनिङ ब्याट्सम्यान हसिम अन्सारी पोखराका नन्दन यादवको बलमा गोल्डेन डक भएका थिए।

