डार्विन साकोसको चौधौ साधारण सभा सम्पन्न काठमाडौं । कामनपा १४ मा संचालित डार्विन वचत तथा ऋण सहकारी संस्थाकों चौधौं वार्षिक साधारण सभा गत शनिवार कलंकीस्थित खाँडादेवी पार्टी प्यालेसमा सम्पन्न भएको छ । पहिलो चरणअन्तर्गत उद्घाटन सत्रको प्रमुख अतिथि रेवती प्रसाद भुसाल हुनुहन्थ्यो । शुभकामना मन्तव्यको क्रममा उहाँले डार्विन सहकारीले उत्कृष्ट कार्र्यको प्रशंसा गर्नुहुँदै संस्थाले शेयर सदस्य केन्द्रित कार्य गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
संस्थाकी उपाध्यक्ष राधिका बुढथापाको स्वागत मन्तव्यमा र रामप्रसाद कंडेलको संचालनमा भएको समारोहको सभापतित्व अध्यक्ष धर्मराज भुसालले गर्नु भएको थियो । सो क्रममा दोश्रो चरणअन्तर्गत अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन २०७९/०८० र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएकोमा सभाले पारित गरेको थियो । सभामा उत्कृष्ट बचत र असल ऋणीको घोषणा, सम्मान र पुरस्कृत गरिएको थियो । प्रतिवदेनमा कुल खर्च यो वर्ष रु. ६८५३७४९ र कुल आम्दानी रु. ८५९१०४७ देखाइएको छ । कार्यक्रममा विभिन्न विज्ञ वक्ताहरुबाट शुभकामना प्रदान गरेका थिए । सभाले कार्यक्षेत्र विस्तारलगायतका संस्थाद्वारा प्रस्तुत पस्तावमा आवश्यक छलफल गरी पारित गरिएको थियो ।
