रिसव गौतम
आर्थिक लेखक तथा विश्लेषक
राजनीतिले जहिल्यै शेयर बजारलाई असर गर्ने सम्भावना हुन्छ । यो तथ्य शेयर बजारमा व्यवसायीक हिसावले लाग्नेहरुलाई मात्र होइन् सामान्य लगानीकर्ताहरुलाई पनि थाहा छ । तर राजनीतिक उतार चढाबले सेयर बजारलाई कुन हदसम्म असर गर्ने सम्भावना हुन्छ भन्ने कुरा वेग्ग्लै हो । खासगरी राजनीतिक दलहरु विभिन्न सिद्धान्त बोकर अस्तित्वमा हुन्छन् । जस्तो कि कोही कम्युनिष्ट विचारधारा बोकेर अस्तित्वमा छन् त कोही उदार तथा प्रजातान्त्रिक विचार बोकेका हुन्छन् भने कतिपय दलहरु अलिअलि उदार र अलअलि नियन्त्रित विचारधाराको पक्षपोशक हुन्छन् । त्यसकारण विभिन्न विचारधारा बाकेका राजनीतिक दलहरुले सतहमा गर्ने गतिविधि, राजनीतिक उतारचढाव, सक्ता फेरबदल तथा फेरबदल हुने खालका संकेत तथा गतिविधि, त्यस खालका सामाचारहरुले सेयर बजारमा प्रभाव पार्दछ । जसले बजारलाई बढाउने तथा घटाउने गर्दछ ।
अलग अलग विचारधारा बोकका राजनीतिक दलहरु सरकारमा हावी हुँदा उनीहरुले ल्याउने नियमन र कानुनहरुले कम्पनीहरुमा प्रभाव पार्छ । फलत शेयर बजारमा असर गर्दछ ।
खासगरी राजनीतिका कारण आर्थिक र व्यापारिक वातावरणलाई प्रभाव पार्ने सबैजसो समाचारहरु शेयर बजारका लागि उत्तिकै महत्वुर्ण हुन्छन् । जसले अप्रत्यक्ष रुपमा बजारमा प्रभाव राख्दछ ।
जस्तो कि हालै दशै सिद्धिएसँगै खुलेको शेयर बजारले क्रमश हरियो यात्रा तय गर्दै थियो । लगत्तै राजनीतिमा पछिल्ला बर्षहरुमा एकाएक उदाएका रास्वपाका सभापती तथा पुर्वउपप्रधानमन्त्री रवी लामिछाने सहकारी ठगी आरोपको अनुसन्धानको लागि प्रहरीद्धारा समातिए । रवी समातिए पछि रास्वपाका नेता कार्यक्रर्ता, सर्मथकहरुले त्यसको विरोधमा ब्यापक सडक तताए । अर्कोतर्फ पृष्ठभुमीमा विपक्षी राजनीतिक दलहरुले सरकार लड्न लागेको जस्ता हल्लाहरु गरिए । फलस्वरुप दुई दिनमै शेयर बजार ५० अकं हाराहारी घट्यो । जुन दशैं विदापछि खुलेको शेयर बजार घट्नुपर्ने अन्य कारण थिएनन् । राजनीतिमा आएको तरंगकै कारण बजार घट्ने बढ्ने हुन्छ भन्ने कुरा सतहमै देखिएकै छ । जस्तो कि शेयर बजारका लागि लचिलो मानिएका र शेयर बजारमैत्री भनेर चिनिएका एमाले नेता विष्णु पौडेललाई बजारले जहिल्यै स्वागत गरिरहेको छ । अहिले एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको काँग्रेस एमालेको संयुक्त सरकारले आफनो १०० दिने कार्य प्रगती सार्वजनिक गरेको छ । उसले आफनो प्रगती विवरणमा लामो समय गिरेको शेयर बजार लयमा फर्किएको बताएको छ । हुन पनि विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै २००० अंकको सेरोफेरोमा रुमलिएको नेप्से परिसुचकले उचाइ भरेर साउन अन्तिम साता ३००० अंकसम्म छोएको थियो । पौडेल अर्थमन्त्री भएपछि आएको मौद्रिक नीतिको लचकताले डेढ महिनामै बजारले करिव १ हजार अंकको फड्को मारेको थियो । बीचमा केही करेक्सन भएयता र बाढी पहिरो लगायतको प्राकृतिक विपत्तिले निर्माणाधिन केही जलविधुत आयोजना तथा भौतिक पुर्वाधारमा भएको नोक्सानीले बजार केही घटेर २६ सय अकं भन्दा थोरै माथी आएर बसेको अवस्था छ । त्यसरी नयाँ सरकार बनेको थोरै अवधिमा बजारले ठुलो बृद्धि हासिल गर्नु अरु कारण भन्दा पनि राजनीतिक कारण नै हो । त्यसमा थोरै पनि शंका छैन ।
खासगरी एमाले पार्टी पुरानो, उदार अर्थतन्त्रको पक्षपोशक हुँदै गएको कारण बजारले उसलाई विश्वास गरेको जस्तो देखिन्छ । तर माओवादी लगायत पार्टीहरु पनि शेयर बजार प्रति पछिल्लो समय लचक नै देखिन्छन् । उनीहरुले पनि शेयर बजारलाई अर्थतन्त्रको एैनाको रुपमा हेर्न थालेका छन् । बजार बढाउने प्रयास उनीहरुको नेतृत्वमा पनि भएका हुन् । यसरी साना ठुला राजनीतिक घटनाक्रम र नियुक्तिहरुले पनि शेयर बजारलाई सकारात्मक तथा नकारात्मक असर गरिरहेका हुन्छन् । लगानीकर्ताहरुको मनोभावना नै त्यस्ता घट्नाक्रमबाट तिव्र चञ्चल हुन्छ । जुन नेपालमा मात्र नभएर विश्वभर नै त्यस्तै भइरहेका छन् ।
जस्तो छिमेकी भारतमा पनि आर्थिक विकास र वित्तिय स्थिरताका लागि विश्वासी ठानिएका नेरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सुरु भएसँगै त्यहाँको शेयर बजार उकालो लागिरहेको छ । भारतीय शेयर बजारले अहिले नयाँ नयाँ रेर्कड ब्रेक गरिरहेको छ । वुधबार ( अक्टोबर २३, २०२४ ) भारतीय शेयर कोरोबार सेन्सेक्स ८०,०८१ विन्दुमा पुगिसकेको छ । जवकी मोदीको तेस्रो कार्यकाल सुरु हुनु अघिको चुनावी प्रचारप्रशारको क्रममा विभिन्न हल्लाका कारण शेयर बजार सेन्सेक्स हवात्तै घटेको थियो ।
यसरी संसारभर नै राजनीतिक उतार चढाबले शेयर बजारलाई धेरै हदसम्म असर गर्दै आएको छ । तर त्यस्तो असरको आयु भने छोटो पनि हुने हुन्छ । मुल कुरा ब्यवसायिक वातावरण र कम्पनीहरुले गर्ने आर्थिक अनुशासन, प्रगती, उन्नती नै बजार बढ्ने आधार हुन् ।
तर एकाथरी ठुला र कुटील लगानीकर्ताहरु यस्तै राजनीतिक समस्याहरुलाई लिएर कोकोहोला मच्याउन तल्लीन हुन्छन् । मिडियाहरु समेत प्रयोग गरेर अर्नगल हल्ला गर्छन् । र, बजार घटाउने वा बढाउने गरेर आफनो स्वार्थ पुरा गर्छन् । राजनीतिको आडमा बजार घटाएर किन्छन् भने फेरी राजनीतिक घट्नाक्रमकै आड्मा बजार बढाएर आफना शेयरहरु बेच्चछन् । त्यस्तोमा सोझा लगानीकर्ताहरुपछि पर्छन् । त्यसतर्फ शेयर बजारका लगानीकर्ताहरु सजग हुनुपर्छ ।
जस्तो कि राजनीतिमा हुने अस्थिरताको कारण सरकारको आर्थिक नीति, मौद्रिक नीति, सार्वजनिक खर्च, करको दर, नियमाकिय परिवर्तनमा फेरबदल आउन सक्छन् । जसको कारण शेयर बजारमा उतार चढाबको अवस्था सिर्जना हुन्छ । त्यसकारण पनि राजनीतिक अस्थिरता शेयर बजारका लागि घातक हुन्छ । तर पनि शेयर बजारका लागि राजनीतिक घटनाक्रमले बजारमा छोटो अवधिका लागि अस्थिरता निम्त्याउँछ । नयाँ आउने लगानीकर्ताहरुलाई हतोत्साही बनाउँछ । बजार प्रति नकारात्मक मनोवृत्ति सिर्जना गर्दछ । यद्यपी शेयर बजारलाई दिर्घकालमा प्रभावित तुल्याउने भनेको आर्थिक तत्वहरु, व्यवासायीक वातावरण, आर्थिक नीतिहरु, आर्थिक ऐनहरुले हो । ती कुराहरु पनि राजनीतिसँग नै जोडिएका छन् । त्यसकारण पनि राजनीति र शेयर बजारको सम्बन्ध अधिकतम हुन्छ । तर त्यो जटिल समेत हुने गर्दछ । राजनीति सही दिशामा हिँड्दा शेयर बजार पनि त्यसको सकारात्मक प्रभाव पर्दछ ।
गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।

